‘प्रेमगीत ३’का नव अभिनेता मनिष राउत नयाँ चलचित्रमा अनुबन्धित

गत वर्ष चैत २८ मा रिलिज हुने भनिएको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ कोरोना भाइरसका कारण रिलिज स्थगित भएको थियो । अब चलचित्र आउँदो वैशाखमा प्रदर्शन हुने बताइएको छ । यसैक्रममा ‘प्रेमगीत ३’ रिलिज नहुँदै नव अभिनेता मनिष राउत नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । ‘प्रेमगीत ३’मा मनिषले अभिनेता प्रदीप खड्काको भाई अर्थात् राजकुमारको भूमिका निर्वाह गरेका छन् ।

‘डक्टर डेनिम’ नामक क्लोथिङ्ग ब्राण्डले निर्माण गर्न लागेको चलचित्रमा उनी मुख्य अभिनेताको भूमिकामा अनुबन्धित भएका हुन् । ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतम निर्माता रहनेछन् । नेपाल, जर्मनी र भारतको गोवामा छायांकन गरिने सिनेमाको स्क्रिप्ट तयार भैसकेको बताइएको छ । सिनेमाका अन्य कास्ट एण्ड क्रु भने फाइनल हुन् बाँकी छन् । अभिनेता राउत ‘डक्टर डेनिम’का ब्राण्ड एम्बेसडर पनि हुन् । उनकै लोकप्रियताका कारण डेनिम बजारमा स्थापित भएको यो ब्राण्डले बताएको छ ।

Leave a Reply