‘झ्यानाकुटी २’ मा पनि सौगात र बेनिशा हुने पक्का

अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ को दोस्रो भाग बन्ने भएको छ । ‘झ्यानाकुटी २’ को यतिबेला काम भइरहेको छ । यसको स्क्रिप्ट लेखक प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘झ्यानाकुटी’लाई सिमोस सुनुवारले निर्देशन गरेका थिए भने अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी थिइन् । निर्माण टिमबिच चलचित्रको सिक्वेल वा प्रिक्वेल बनाउने विषयमा छलफल भइरहेको निर्देशक सुनुवारले जानकारी दिएका छन् ।

लेखक प्रदीपजीले सिक्वेलका लागि स्क्रिप्ट तयार पारेको भएपनि आफूलाई प्रिक्वेल बनाउँदा राम्रो हुने उनको भनाइ छ । चलचित्रको सिक्वेल वा प्रिक्वेल जुन बने पनि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालनै दोहोरिने निर्देशक सुनुवारले बताएका छन् । वैवाहिक जीवनमा उत्पन्न हुने समस्यामा केन्द्रित रहेको फिल्मले भने सुखद व्यापार गर्न सकेको थिएन ।

Leave a Reply