प्रकाश सपुतको ‘बदला बरिलै’मा बलात्कारीसँग केकी अधिकारीको बदला(भिडियो)

चर्चित गायक प्रकाश सपुतको नयाँ गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको नयाँ गीत ट्रेन्डिङमा आउन सफल भएको छ । यो समाचार तयार पार्दा सम्म यस भिडियो युट्युबको ट्रेण्डिङ ३ मा रहेको छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्तीको स्वर रहेको छ ।

बलात्कारविरुद्ध आवाज उठाउने प्रयास गरेको सार्वजनिक गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन् । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतका कलाकारको पनि अभिनय रहेको छ । गीतका शब्द, देवीको स्वर र संगीत मर्मस्पर्शी रहेको १५ मिनेटको भिडियोमा केकीले सशक्त पाराले आफ्नो अभिनय प्रस्तुत गरेकी छन् । यस गीतको भिडियोलाई अनिल कृष्ण मानन्धरले छायांकन, प्रविन भट्टले सम्पादन र गायक सपुतले नै निर्देशन गरेका हुन् । गीतलाई दर्शक श्रोताले खुबै मन पराएका छन् ।
भिडियो हेर्नुहोस् :

Leave a Reply