पूजासंग पल र आकाशको ‘काले केटा २’(भिडियो)

गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘काले केटा–२ ‘म हिँड्दा खेरी’ बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायिका खरेललाई गायक प्रताप दासले स्वरमा साथ दिएका छन् । दुर्गा प्रसाद आमगाईको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको एरेन्ज र संगीत रहेको छ। म्युजिक भिडियोमा दर्शकले निकै मन पराएका कलाकारहरू पल शाह, आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ। भिडियोमा यी तीन कलाकारलाई पहिलोपटक एकसाथ प्रस्तुत गरिएको छ। गीतको भिडियो निकै रमाइलो बनेको छ र पल ,पूजा र आकाशबीच गज्जबको केमेस्ट्री देखिएको छ ।

विधान कार्कीको निर्देशन तथा माधव शर्माको सहायक निर्देशनमा तयार बहेको भिडियोमा शङ्कर शाही ठकुरीको पनि अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । गीत युट्युव ट्रेन्डीङ्गमा रहेको छ र दर्शकहरुले पल , पूजा र आकाशलाई एकै फ्रेममा निकै रुचाइरहेका छन् । भिडियो हेर्नुहोस : 

Leave a Reply