स्वस्तिमासंग नाजिर र पलको ‘मुखैमा रामराम बगलीमा छुरा’(भिडियो)

गायक सुनिल कटुवाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुखैमा रामराम बगलीमा छुरा’ बोलको गीत आइतबार ’एट के एभेरेष्ट मोसन पिक्चर’को युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । गीतमा भिम बिसीको शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित कलाकारहरू पल शाह, नाजिर हुसैन र स्वस्तिमा खड्का फिचर्ड छन् । पहिलोपटक भिडियोमा यी तीन कलाकारलाई एकसाथ प्रस्तुत गरिएको छ। भिडियोमा पल ,नाजिर र स्वस्तिमाको दमदार नृत्य र अभिनय रहेको छ ।

मनोज बस्नेतको निर्देशनमा तयार भएको ‘मुखैमा रामराम बगलीमा छुरा’ को भिडियोलाई विनोद श्रेष्ठले निर्माण गरेका हुन्। त्यसैगरी सो भिडियोलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् भने उक्त गीतको छायांकन अनुज तिवारी एण्ड टिमले गरेका छन्। गीतको अडियो निकै राम्रो र भिडियो रमाइलो बनेको छ र तीनै कलाकारबीच गज्जबको केमेस्ट्री देखिएको छ ।भिडियो हेर्नुहोस : 

Leave a Reply