‘तिम्रो ल्याङ्ग ल्याङ्ग २’ वेब सिरिजको ट्रेलर सार्वजनिक(भिडियो)

पहिलो सिजनबाट दर्शकहरूको मन जित्न सफल भएको वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को सिजन २ को ट्रेलर सार्वजनिक भएको छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको सिरिज यही कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको हो र यो सिरिज करिब १६ एपिसोडको हुनेछ । ट्रेलरमा हासो रोदन प्रेम बिछोड आदि देख्न सकिन्छ। सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युट्युब च्यानल र हिमालयन टेलिभिजनमा प्रत्येक सोमबार राती ८ ।३० बजे प्रसारण हुनेछ ।

सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ, सुरेन्द्र मानन्धर, निश्चल जङ्ग थापा, किरण स्याङ्गतान आदि रहेका छन् । सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन । सिरिजको सम्पादन भने निर्देशक स्वयम्ले गरेका हुन् ।

Leave a Reply