पूजा शर्मा आज २८ औँ जन्मदिन मनाउँदै

अभिनेत्री पूजा शर्माले आज आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । नेपाली चलचित्र क्षेत्रको प्रतिभाशाली अभिनेत्री पूजा शर्माको जन्म वि.सं.२०४९ साल वैशाख १७ गते सिन्धुपाल्चोकमा भएको हो। सन् २०१२मा पूजाले चलचित्र थ्री लभर्सबाट अभिनेत्रीको रूपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनको मधुमास, अझै पनि,प्रेमगीत, चंखे शंखे पंखे,म यस्तो गीत गाउँछु ,रामकहानी , पोइ पर्यो काले जस्ता चलचित्र दर्शकमाझ निकै चर्चित छन् र समीक्षकले प्रशंसा गरेका थिए । नेपाली चलचित्र क्षेत्रकी गीत अर्थात् पूजा शर्मा चलचित्र निर्मात्री पनि हुन् । केहि समय अघि अभिनेत्री पूजा शर्माले चलचित्रमा ज्याला मजदुरी गर्ने प्राविधिकको परिवारलाई २ लाख बराबरको खाद्यन्न वितरण गरेकी थिइन् । 

लकडाउनका कारण घरमै रहेका पूजाले आज आफ्नो जन्मदिन परिवारसँग मनाउँदै छन् । पूजालाई उनका साथीहरु, शुभचिन्तक तथा फिल्मकर्मीहरुले सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् । सबैको प्यारो र चुल्बुली अभिनेत्री पूजा शर्मालाई जन्मदिनको धेरै धेरै शुभकामना!!

Leave a Reply