सुनिल थापा सलमान खानको चलचित्रमा काम गर्ने

नेपाली चलचित्र क्षेत्रमा राते काईलाको नामले परिचित अभिनेता सुनील थापाले सलमान खान प्रोडक्सनको चलचित्रमा काम गर्ने भएका छन्। उनले नेपालीसँगै बलिउड चलचित्रमा पनि काम गरेका छन् । सन् १९६४ मा चेतन आनन्दको चर्चित चलचित्र ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी चलचित्र‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए ।

यसपछि, सुनिलले बलिउड चलचित्रमा काम गरेका छैनन् । अब, भने उनलाई बलिउड नायक सलमान खानको प्रोडक्शनबाट बन्न लागेको नयाँ चलचित्रबाट अफर आएको छ । ‘क्वाथा’ नामक चलचित्रमा सुनिलले काम गर्ने चर्चा चलेको छ । यो बिषयमा सुनिल भन्छन्–‘हो, मेरो कुराकानी भैसकेको छ । मौखिक रुपमा हामी काम गर्ने बिषयमा पक्का छौ । तर, लिखित सहमती भैसकेको छैन ।’उनी चाँडै मुम्बई गएर कागजी रुपमा चलचित्र सम्झौता गर्ने सोचमा छन् । जनवरीदेखि ‘क्वाथा’ को छायांकनमा व्यस्त हुने उनले बताए ।

‘क्वाथा’बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यू गर्न लागेकी हुनाले चलचित्र प्रतीक्षित बनेको छ। आयुष शर्माको मुख्य भूमिका रहने चलचित्रको निर्देशन करर भुटानीले गर्दैछन् ।

Leave a Reply