भारतीय र्‍यापर प्रेमीसँग अदिती बुढाथोकी रोमान्टिक मुडमा

नायक अनमोल केसीको जोडी बनेर फिल्म ‘कृ’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका अदिती बुढाथोकीले आफ्नो प्रेम सम्वन्ध खुलाएकी छिन् । चलचित्रको चर्चा भएपनि अदितीले जुन खालको प्रतिक्रिया पाउनुपर्ने थियो, त्यो पाइनन् । अदिती भने आफूले खोजे जस्तो कथा नपाएकाले पनि चलचित्र साइन नगरेको बताउँदै आएकी छिन् ।

लामो समयदेखि नेपाली चलचित्रमा नदेखिएकी अदिती यतिखेर भारतीय चलचित्रमा अभिनय गर्ने अवसरको पर्खाइमा छिन् । त्यसोत अदिती भारतीय म्युजिक भिडियोमा अभिनय गर्नुका साथै भारतीय मोडलिङमा समेत स्थापित भइसकेकी हुन् । बेला बेला बोल्ड फोटो सामाजिक संजालमा पोष्ट गरेर चर्चामा आइरहने अदितीको बाक्लै फ्यान फलोइङ रहेको छ । उनै अदितीले हालै आफ्नो सामाजिक संजाल मार्फत प्रेमी भारतीय र्‍यापर अलिम मोरानीसँग रोमान्टिक मुडमा रहेको तस्वीर शेयर गरेकी छिन् ।

उनले इन्स्टामा प्रेमी मोरानीसँगको एक तस्विर साझेदार गर्दै लभको इमोजी राखेर ‘गुड टाइम्स्’ भनेर लेखेकी छन् । तस्विरमा प्रेमीसँग अदिती रोमान्टिक मुडमा देखिएकी छन् । इन्स्टाग्राममा आफ्नो बोल्ड तस्विर राखेर चर्चामा आउने गरेकी उनले पहिलो पटक प्रेमीसँगको तस्विर साझेदार गरेपछि बधाईको ओहिरो लागेको छ । कतिपयले दुईको जोडी सुहाएको प्रतिक्रिया समेत जनाएका छन् ।

र्‍यापर अलिमले गएको वर्ष ‘लेट मि लाइभ’ नामक पहिलो र्‍याप गीत सार्वजनिक गरेका थिए । जुन गीत यूट्युबमा निकै रुचाइएको छ । उनले आफूलाई इन्स्टाग्राममा र्‍यापर, सङ राईटर र ड्रीमरको रुपमा चिनाएका छन् । चकलेटी लुक्सका अलिमले अदितीसँगको तस्विर भने अहिलेसम्म सामाजिक सञ्जालमा साझेदार गरेका छैनन् । तर, अदितीले उक्त तस्विर प्रेमीलाई इन्स्टामा मेन्सन गरेकी छन् ।

Leave a Reply