देउवाको नाम जोडेपछि आसिफ र ‘घामड शेरे’ विवादमा (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी कार्यालयमा खिचिएको आक्रोशित मुद्राको फोटो चलचित्र ‘घामड शेरे’ को पोस्टरसँगै जोडेपछि निर्देशक आसिफ शाह विवादमा फसेका छन्। यही शनिबारबाट रिलिज हुन लागेको ‘घामड शेरे’चलचित्रको पोस्टरसँगै जोडेर कलाकारसमेत रहेका शाहले शुक्रबार एउटा फेसबुक पोस्ट गरेपछि शाह कांग्रेसको कार्यकर्ताको तारो बनेका हुन्।

उनले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए । नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् । शाहले देउवाको फोटो जोडेर कुनै व्यक्ति या संगठनलाई अपमानित गर्न नखोजेको भनेर माफी मागिसक्दा पनि नेविसंघका कार्यकर्ताहरुले सुदूरपश्चिममा ‘घामड शेरे’ चलचित्र नै चल्न नदिने उर्दी जारी गरेका हुन्।

काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको विरोधपछि शाहले अर्काे एक स्टाटस पोष्ट गर्दै अघिल्लो पोष्टबारे स्पष्टिकरण दिएका छन् । ‘कुनै व्यक्ति या संस्थाप्रति चोट पुर्‍याउने मेरो उद्धेश्य होइन’, उनले भनेका छन्, ‘र, कुनै पनि राजनीति दलमा आवद्ध नरेको पनि जानकारी गराउन चहान्छु। मैले केबल ठट्टा मात्रै गरेको हुँ। यदि मेरो कारण चोट पुगेको भए मेरोतर्फबाट क्षमायाचना स्वीकार गरिदिनुस्।’

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा‘रियललाइफ कपल’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

Leave a Reply