नीता र हरिहर वैवाहिक बन्धनमा बाँधिए

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । अहिले काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । चार वर्षदेखि प्रेम सम्बन्ध रहेको यो जोडीले सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको हो ।

Leave a Reply