‘माछा माछा’ को रिलिज डेट पोस्टपोन्ड

कात्तिक २९ गते देखी प्रदर्शनमा आउने भनिएको चलचित्र ‘माछा माछा’को प्रदर्शन मिती पर सरेको छ । चलचित्र अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

यो चलचित्रको रिलिज डेट पोन्डपोन्ड भएपछि कात्तिक २९ मा रिलिज हुन लागेको भूवन केसी अभिनीत चलचित्र ‘मिस्टर नेपाली’ लाई राहत मिलेको छ । त्यस्तै, चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।

रामबाबु गुरुङ र दयाहाङ राइ निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मणिराम पोखरेल छन् । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज साकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको छ भने अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।

Leave a Reply