आँचल र उदिपको प्रेम

अभिनेत्री आंचल शर्मा र अभिनेता पल शाहको अघोषित प्रेम टुटेको एक बर्ष बढी भैसकेको छ। संगै चलचित्र करियर सुरु गरेर दर्शकको नजरमा पर्न सफल यो जोडीलाई प्रेम जोडीको रुपमा नै चिनिने गरिन्छ। तर कथाले नयाँ मोड लिएको लामै समय भैसक्यो।

अभिनेती आंचल यतिबेला डा. उदिप श्रेष्ठसग प्रेममा रहेकी छिन्। आँचलको खुशी र दुइको तस्वीरले पनि यो कुरा भन्न सकिन्छ । आँचल र उदिपको भेट १ बर्ष अघि भएको हो । यी दुइले त्यो भेटलाई सबैभन्दा खुशीको पल भनेका छन् ।

आँचल र उदिपले १ बर्ष अघि भेट भएको दिन संझदै यो एक बर्ष निकै नै चाडो बितेको उल्लेख गरेका छन् । यतिमात्र होइन, दुइले जिन्दगीको सबैभन्दा मिठो १ बर्ष बिताएको भन्दै यसकारण एकअर्कालाई दिएका छन् ।

आँचलका सामाजिक संजाल अहिले उदिपसँगका तस्वीरले नै भरिएका छन् । उदिप पनि आँचलसँग बिताएको १ बर्षलाई सबैभन्दा सुन्दर भन्न रुचाउँछन् ।

आँचल र उदिपले यसै बर्ष बिहे गर्ने चर्चा समेत नभएको होइन । तर, यी दुइले यो बिषयमा भने केही पनि बोलेका छैनन् ।

Leave a Reply