महजोडीको निर्देशनमा बनेको साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’

वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशनमा बनेको साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ सार्वजनिक भएको छ। महसञ्चार युट्युब च्यानलबाट सार्वजनिक भएको चलचित्रमा महजोडीसहित हिउँवाला गौतम ,प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली ,आर्यन खरेल ,प्रतिशा रिजाल, दिनेश कडेल ,संजय गौतम, रोशनी गौतम, बिमल खड्का ,विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगिता ढुङगाना ,प्रतिभा ताम्राकारले गरेका छन् ।

साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने चलचित्र साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन तयार पारिएको बताईएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन्।
यसअघि महजोडीले सामाजिक जनचेतनामुलक ‘हुण्डी’ नामको लघु चलचित्र सार्वजनिक गरेका थिए ।

Leave a Reply