वर्षा राउत मनिषाको साथ दिदै लेख्छिन्,‘पसीना बेच्न सकिन्छ,आमा होईन !’

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भइसकेको छ। र यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् । एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडियाले उनको चर्को आलोचना गरेका छन् । सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा अभिनेत्री वर्षा राउतले पनि मनिषाको पक्षामा बोल्दै लेख्छिन्, ‘पसीना बेच्न सकिन्छ,आमा होईन ! मनीषा कोईराला दीदिले आफ्नो आमा माथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमान सँग नडराई मातृभूमीको सम्मान मा उभिनु भयो । आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनीषा दीदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन । ’

Leave a Reply