महेशको ‘माया बिरानी’,आंचल र नाजिरको जोडि (भिडियो सहित)

नेपाली गीत संगीतको क्षेत्रमा ‘नाच फिरिरि’बाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जि २१ डिजिटलको प्रस्तुती समेत रहेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द / सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्माको साथमा महेश स्वयम् फिचर्ड रहेका छन्। राजिव समिरको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुमागाई र उनको टिमले खिचेको हो । असिम शाहले निर्देशन गरेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन्।

Leave a Reply