धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’ फागूण ९ मा रिलिज, ‘धुर्मुस’ को यस्तो लुक्स

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र‘सेन्टी भाइरस’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पहिलो पोस्टरमा धुर्मुस लाई मात्र प्रस्तुत गरिएको छ । सामाजिक कथा बस्तुमा आधारित चलचित्र’सेन्टी भाईरस’ को रिलिज मिती समेत घोषणा गरिएको छ । आज सर्वजनिक पोस्टरमा रिलिज मिति आगामी फागुन ९ (महाशिवरात्री) फेब्रुअरी २१ तारिखलाई तोकिएको छ ।

एक गीत खिच्न बाँकी यस फिल्ममा सितारामका अलावा कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले चलचित्रको सम्पूर्ण दृश्य खिचेका हुन् । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रको कथावस्तुको बिषयमा केही पनि खुलाइएको छैन ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । डिन्डु लामा ह्योल्मोले चलचित्रको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् ।

चलचित्रको केही हिस्सा रङ्गशाला निर्माणमा खर्चिने र २० प्रतिशत रकम सामाजिक कार्य लागि खर्च गरिने निर्णय भएको सिताराम कट्टेल धुर्नुस् ले जानकारी दिनु भयो ।

Leave a Reply