बलिउड अभिनेता गोविन्दा ‘महोत्सव’ मा सहभागी हुन नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनका लागि गोविन्दा नेपाल आएका हुन् ।

अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र भारतमै बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंंह पनि आएकी छिन्। महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्ति गरे। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गोविन्दाले फिल्म फेस्टिभलमा आफू अतिथिका रूपमा आएको र कार्यक्रमका बेला कुनै प्रस्तुति दिनुपरे तयार रहेको बताए।

तीन दिनसम्म चल्ने उक्त चलचित्र महोत्सवमा नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुने भएका छन् । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को उद्घाटनका लागि कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

उक्त सेड्युल गोविन्दा आफैँले बनाएका हुन् । उनी २१ गते बिहानै वीरगन्ज पुगेर आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको अधिकारीले बताए । गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् र गोविन्दालाई मनपर्ने देश पनि नेपाल नै भएको हुनाले नेपाल आइरहने गर्छन् ।

Leave a Reply