दिपालीको अवसर पारेर टेक्ससमा झिलिमिली साझ

दिपालीको अवसर पारेर टेक्ससमा झिलिमिली साझ–२०१९ आयोजना हुदैछ । साझा इभेण्टले आयोजना गरेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुती सहित मनोरञ्जन प्रदान गर्न कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

अक्टोबर ३० मा अल–अमिर रेष्टुरेन्ट रिचार्डसनमा हुने उक्त कार्यक्रमा डिजे सेसन राखिएको छ । डिजे सेसनमा डिजेहरु राजन, सुशान्त नितिश र कर्माले नेपाली हिन्दी र अग्रेजी गीतको फयुजन प्रस्तुत गरी सहभागीहरुलाई नचाउने आयोजक संस्थाका गोविन्द ढकालले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न स्थानिय विभिन्न कलाकारहरुले समेत लाइभ म्युजिक प्रस्तुत गर्नेछन् । महोत्सवको रुपमा आयोजना गरिएको यो कार्यक्रममा संगीत संगै विभिन्न खानाको मजा पनि कार्यक्रममा लिन पाइनेछ ।

Leave a Reply