सन्तोष पन्तको ‘हिजो आजका कुरा’ अब चलचित्र बन्ने (भिडियो)

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा चलचित्र निर्माण हुने भएको छ । यो सिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्रको निर्देशन गर्नेछन् ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रमा शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहनेछ। साथमा नितेशराज पन्त, केकि अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्कीको अभिनय रहनेछ। त्यस्तै हाँस्य कलाकारहरु रमेश अधीकारी, सविन शाक्य तथा नव कलाकार विनायक कुँइकेल, अनुष्का अधिकारीको चलचित्रमा अभिनय रहनेछ।

पन्त प्रोडक्सनद्धारा निर्माण हुने चलचित्रलाई सन्तोष पन्त र साकार पन्तको कथा रहेको छ । सन्दीप किस्नाले लेखेको चलचित्रलाई रवि सायमीले चलचित्र खिच्नेछन् भने हर्कुलस बस्नेतको संगीत रहनेछ ।

चलचित्र आउँदो वैशासम्ममा प्रदर्शनमा ल्याउने निर्माण टीमको योजना छ।

Leave a Reply