चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सहभागि हुनको लागि बैशाख १० गतेसम्म दरखास्तसहित बोर्डको कार्यालय अथवा ईमेल [email protected] मार्फत पेश गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

प्रतियोगिताको लागि छनोट भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी एक लाख पचास हजार, एक लाख र पचहत्तर हजार प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रलाई चलचित्र विकास बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउने भुवन केसीले बताए ।

प्रतियोगितामा सहभागी हुने चलचित्रहरु कम्तिमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको हुनुपर्ने र ५० प्रतिशत चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्ने सर्त राखिएको छ । साथै, प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित भएको मितिले पछिल्लो तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउने र ती चलचित्रहरुले बोर्डबाट अनिवार्य निर्माण इजाजत लिएको हुनुपर्ने बताइएको छ ।

Leave a Reply