‘माछीलाई खोलीको लेउ’मा हरिवंश र पलसँग करिश्मा र केकी(भिडियो)

‘माछीले खाने खोलीको लेउ’ बोलको सुपरहित गीतको सिरिज सार्वजनिक भएको छ । ‘माछीलाई खोलीको लेउ’ बोलको गीतमा हरिवंश आचार्य र मेलिना राइको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत छ । यो गीतको भिडियोमा विक्रम स्वारको निर्देशन छ । भिडियोमा कलाकार हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहलाई फिचरिङ गरिएको छ । भिडियोमा हरिवंश र करिश्माको जोडी हेर्न सकिन्छ भने पल र केकीको जोडीलाई हेर्न सकिन्छ । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सुवर्ण द्ुलालको सम्पादन छ ।

Leave a Reply