अमिताभ बच्चनले जिते कारोना,अस्पतालबाट डिस्चार्ज

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका बच्चन आइतबार संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।
ट्वीटर मार्फत बच्चनले अस्पतालबाट डिस्चार्ज भएको र अब होम क्वारेन्टाइनमा बस्ने बताएका छन् । कोरोना संक्रमण देखिएपछि बच्चन २८ असारमा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।
डिस्चार्ज भएपछि उनले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply