अक्षय कुमारको नयाँ चलचित्र ‘रक्षा बन्धन’को निर्माण घोषणा

बलिउड नायक अक्षय कुमारले रक्षा बन्धनको अवसर पारेर नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन्। चलचित्रलाई हिमान्शु शर्माले लेखेका हुन् । नायक अक्षय कुमारले चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रलाई आउँदो बर्षको नोभेम्बर ५ तारिखमा रिलिज गर्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ । अक्षयले दाजु र बहिनीको इमोश्नल सम्बन्ध चलचित्रको कथामा समेट्ने जनाएका छन् । उनले आफ्ना चार दिदि बहिनीको समर्पणमा चलचित्र बनाउन लागेको बताएका छन् । नायक अक्षय कुमारले यो चलचित्रको कहानीले दर्शकको मन छुने र कहिले हसाँउने त कहिले रुवाउने बताएका छन् ।

अक्षयले सिनेमाको नाम ‘रक्षा बन्धन’ जुराएका छन् ।अक्षय आफ्नो प्रोडक्सन कम्पनी केप अफ गुड फिल्मस्को ब्यानरमा निर्माण हुने नवौं सिनेमा हो । ‘रक्षा बन्धन’लाई आनन्द एल रायले निर्देशन गर्ने पक्का भैसकेको छ । आनन्द अहिले सारा, धनुष र अक्षयलाई लिएर ‘अतरंगी रे’ नामक चलचित्र निर्माण गरिरहेका छन् ।

Leave a Reply