हिमाल सागरको स्वर र संगीत रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक हिमाल सागरको स्वर र संगीत रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार ठग लाइफ नेपाल मिडियाको अफिसियल युट्युब च्यानल मार्फत ‘बरीलै लै ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

वासु उपाध्यायको शब्द रहेको गीतलाई संजय हमालले एरेन्ज गरेका हुन्। शान थापाले निर्देशन गरेको गीतको भिडियोमा अलिशा राई, चन्दा ढुंगाना र गायक हिमाल सागर फिचर्ड छन् । गीतको भिडियोमा अलिशा र गायक हिमालले नृत्य प्रस्तुत गरेका छन् ।


अर्जुन तिवारी र टिमले छायाङ्कन गरेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

Leave a Reply