‘नाङ्गो गाउँ’को फस्टलुक पोस्टर सार्वजनिक

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजनीतिक पृष्ठभूमिमा तयार पारिएको पोस्टरमा प्रमुख कलाकारहरु दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रविन्द्र झा प्रस्तुत छन् ।

आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ, विशाल पहारी, घनुभाई जोशी, निमा पाण्डेलगायतको पनि अभिनय छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो ।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ । यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतिक्षा छ । यहीकारणले गर्दा पनि फिल्मको विदेश राइट्स विक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गतबर्ष सुपरहिट भएको थियो । फिल्म ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्र नेपालसँगै अमेरिका र क्यानडासहित २२ भन्दा बढी राज्यमा एकसाथ प्रदर्शन हुनेछ ।

Leave a Reply