शिल्पा पोखरेल एकसाथ दुई भोजपुरी चलचित्रमा अनुबन्धित, निरहूआसँग रोमान्स गर्ने

अभिनेत्री शिल्पा पोखरेल एकसाथ दुईवटा भोजपुरी चलचित्रमा अनुबन्ध भएकी छन् । सोनु खत्रीको निर्देशनमा बन्न लागेको भोजपुरी चलचित्र ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा उनले काम गर्न लागेकी हुन् ।

दुवै चलचित्रमा उनले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रोमान्स गर्नेछिन् । चलचित्रमा भोजपुरी अभिनेत्री अम्रपाली दुबेको पनि अभिनय रहनेछ । डेब्यु भोजपुरी चलचित्र ‘जय शम्भु’ पछि उनलाई ब्याक टु ब्याक अफर आइरहेको छ । यसपछि उनले भोजपुरी चलचित्र ‘प्रेमगीत २’ मा पनि अभिनय गरेकी थिइन् ।

Leave a Reply