‘नाइँ नभन्नु ल-६’को बिहीबारदेखि छायांकन सुरु हुने

‘नाईँ नभन्नू ल’को छैटौं सिरिज निर्माणको तयारीमा छ । विकासराज आचार्यको निर्देशन रहने चलचित्र ‘नाइँ नभन्नु ल ६’को बिहीबारदेखि छायांकन सुरु हुने भएको छ । चलचित्रमा अभिनेत्री आँचल शर्मा र आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ । आशीर्वादले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिनेछ ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा पनि नछुट्ने भएका छन् । यद्यपि, उनी मुख्य भूमिकामा नभएर केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा योगिशा खत्री अथर्व र एल्बिनासहित थुप्रै बाल कलाकारको मुख्य भूमिका रहनेछ।

Leave a Reply