साम्राज्ञीको प्रश्न- ‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर अनेकथरी भन्नु कहाँसम्म उचित?’

अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीच सामाजिक सञ्जालमा एकअर्काप्रति आरोप-प्रत्यारोपको जुहारी चलिरहेको छ । उनीहरुको विवाद चलचित्र कलाकार संघसम्म पुगेको छ । यसैक्रममा नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस कोर्दै साम्राज्ञीले, नव-प्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिनहरूमा भोग्नु परेको अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरु र आफूलाई ‘मै हुँ’ भन्ने निर्माताहरुको हेपाह प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? भन्दै प्रश्न गरेकी छन् । यस्ता वास्तविकतालाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना रहेको उनको भनाई छ ।

‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जाल अनेकथरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित व्यक्ति भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’,उनले प्रश्न गरेकी छन् । कुनै पनि व्यक्तिको बोलचालीले समाजमा उसलाई प्रतिबिम्बित गर्ने भएकाले बोल्दा विचार पुर्‍याउन उनको सुझाव छ । आजका नारीलाई कमजोर नठान्न पनि उनले चेतावनी दिएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन् चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले ! आजका महिलाहरु हरेक हिसाबले सबल छ्न् भन्ने कुराको हेक्का राखौं ।’ फिल्म क्षेत्रको विकास गर्ने भावना भए सबै निर्माताहरुले ‘मै हुँ’ भन्ने प्रवृत्ति त्यागेर नव-कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने उनको सुझाव छ ।
पढ्नुहोस् साम्राज्ञी आरएल शाहको पुरा स्टाटस:-

Leave a Reply