अदिति बुढाथोकीको पनि इन्स्टाग्राममा एक मिलियन फलोअर्स

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक मिलियन (दश लाख) फलोअर्स कमाउने पहिलो नेपाली नायिका हुन्,प्रियंका कार्की । तर,अब प्रियंका कार्कीकै जस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ । प्रियंकापछि इन्स्टामा सर्वाधिक फलोअर्स कमाउने नायिकामा अदिति बुढाथोकी हुन् । चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अदिती वुढाथोकीलाई इन्स्टामा पछ्याउनेको संख्या एक मिलियन (१० लाख) पुगेको छ । अदितिलाई १० लाखले फलो गर्दा उनले भने ६२५ जनालाई फलो गरेकी छिन् । १० लाख फलोअर्स पुगेपछि अदितीले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी छिन् । दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा रहेकी अदिती मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी छिन् । उनले इन्स्टाको माध्यमबाट विभिन्न ब्रान्डको प्रमोशन पनि गर्दै आएकी छिन् । पछिल्लो समय लकडाउनले गर्दा घरमा नै बसिरहेकी उनले आफूले गरेका दैनिक क्रियाकलापहरू साटिरहेकी हुन्छन् ।

Leave a Reply