सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै इमोसनल छ । सुशान्तले बोलेका केही संवादले भावुक बनाउँछ । ट्रेलरमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त छन्। दुईको केमेस्ट्री एकदमै सानदार देखिएको छ । सुशान्तको अन्तिम चलचित्र भएका कारण ‘दिल बेचारा’ हेर्न दर्शकहरु निकै आतुर छन् । यो चलचित्र जुलाई २४ देखि डिज्नी प्लस र हटस्टारमा रिलिज हुँदैछ । अभिनेत्री सन्जना सांघीले यसै चलचित्रबाट बलिउडमा डेब्यु गरेकी हुन् । चलचित्रमा सुशान्त र संजना सांघीको मुख्य भूमिका रहेको छ भने सैफ अलि खानको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ लकडाउनका कारण रिलिज हुन पाएको थिएन ।

लकडाउन र कोरोना प्रभावका कारण अब यो चलचित्रलाई निर्माताले हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज गर्न लागेका हुन् । मुकेशको यो डेब्यु निर्देशन हो । चलचित्र डिज्नी प्लस र हटस्टारका सब्सक्राइबर तथा अन्य सबैले हेर्न मिल्ने बताइएको छ । सुशान्तका लागि श्रद्धाञ्जली स्वरूप चलचित्र प्लेटफर्म सब्सक्राइब गर्ने र सब्सक्राइब नगर्ने सबैका लागि उपलब्ध हुने समेत जनाइएको छ ।चलचित्र ‘दिल बेचारा’ सन् २०१४ मा प्रदर्शन भएको सफल हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को आधिकारिक रिमेकमा निर्माण भएको चलचित्र हो ।अभिनेता सुशान्तको अन्तिम चलचित्र भएका कारण दर्शकहरू यो चलचित्रको प्रतीक्षामा छन् । ३४ वर्षीय सुशान्तले १४ जुनमा डिप्रेसनका कारण आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । अब दर्शकले सुशान्तको अभिनय रहेको चलचित्र यो भन्दा पछि हेर्न पाउने छैनन् ।

हेर्नुहोस् ‘दिल बेचारा’को ट्रेलर :-

Leave a Reply