रिकेश गुरुङको स्वरमा निराजन र सन्ध्या फिचर्ड ‘फेरि भेट नहोला’ गीत सार्वजनिक(भिडियोसहित)

गायक रिकेश गुरुङ किजको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। रिकेश गुरुङको यो पहिलो एकल गीत हो । ‘फेरि भेट नहोला’ बोलको गीतमा रिकेशकै शब्द रहेको छ भने गीत पनि रिकेशले नै कम्पोज गरेका हुन् । मंगलबार ‘जी २१’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा निराजन प्रधान र सन्ध्या केसीको अभिनय रहेको छ । भिडियोमा निराजन र सन्ध्याको केमेस्ट्री सुहाएको छ। सो गीतको भिडियोमा अबिन भोको निर्देशन र सम्पादन रहेको छ । गीतको भिडियोको सिनेमाटोग्राफर शिशिर महर्जन हुन् । गीतले मनमा भएको व्यथा र प्रेमको भाव बोकेको छ । मिठो स्वर र मन छुने शब्द रहेको गीत सुन्दर बनेको छ।
भिडियो हेर्नुहोस :

Leave a Reply