नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा चलचित्र

कोरोना भाइरसले ठप्प भएको चलचित्र क्षेत्रमा करोडौं घाटा दैनिक रुपमा बढिरहेको छ । चलचित्र क्षेत्रमा विशेषगरि हल संचालक र निर्माता प्रत्यक्ष घाटामा छन् । अन्य फिल्मकर्मी र श्रमजिवी फिल्मकर्मीलाई भने दैनिक गुजारा चलाउनेदेखि बेरोजगार हुनेसम्मको समस्याहरु देखिएको छ। चलचित्र संघले हल बन्द अवस्थामा पनि विद्युत महशुलको न्युनतम रकम दाखिला गर्नुपरेको अवस्था छ । यस्तै दर्जनौं कर्मचारीको तलब सुविधा पनि वितरण गर्नुपर्ने बाध्यता छ । यस कारण हल संचालन भईहाले पनि केही समयको लागि नाफाको व्यापार हुने छैन । केही समयसम्म घाटाको व्यापारमा चलचित्र क्षेत्रलाई चलायमान बनाईरहँदा सरकारसँग संघले आफ्ना केही मागहरु राखेका छन् ।

संघले विभिन्न करहरुमा छुट तथा उपकरणहरु खरिदमा भन्सार छुटको माग गरेको छ । यस्तौ कर्जा तथा सहुलियत कर्जा र अनुदानको माग पनि संघले गरेको छ । यस विषयमा आफ्नो धारणा सहित संघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित पुगेका संघका टोलीले चलचित्र क्षेत्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा चलचित्र क्षेत्र, निर्माण, प्रदर्शन, र वितरणलाई सम्बोधन गर्न अनुरोध गरेका छन् । साथै निर्माणमा ऋण, प्रदर्शन र वितरणमा कर्जा, पुनर्करजा, कर्मचारी व्यवस्थापन गर्न कम ब्याज दरमा सहुलियत ऋण उपलब्ध गराउन पनि संघले माग गरेको छ । संघको मागलाई सकरात्मक रुपमा लिई सम्बोधन गर्ने गभर्नर महाप्रसादले प्रतिवद्धता जनाएका छन् । भेटघाटमा बोर्ड अध्यक्ष दाहल सहित संघका अध्यक्ष मधुसुदन प्रधान, उपाध्यक्ष अर्जुन श्रेष्ठ, महासचिव अशोक शर्मा, कोषाध्यक्ष देवेन्द्र खड्गी, सदस्य भाष्कर ढुंगाना र निर्माता तथा अभिनेता दीपक राज गिरिलगायत उपस्थित थिए ।

Leave a Reply