‘अ‍ैंचो पैंचो’ मा ‘बुलबुल’ जोडी स्वस्तिमा र मुकुन

चलचित्र ‘बुलबुल’पछि अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुषालले एकसाथ फेरी स्क्रिन साझेदारी गर्दैछन् । चलचित्र निर्माता कृषा चौलागाईको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘अ‍ैंचो पैंचो’मा स्वस्तिमा र मुकुन मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा वर्षा राउत, विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला र शारदा गिरीको समेत अभिनय रहनेछ ।

सोसल-पोलिटिकल ड्रामामा निर्माण हुने चलचित्रको अहिले टिमबीच कलाकारको क्यारेक्टरलाई लिएर छलफल हुँदैछ । र, एक हप्तापछि वर्कसप सुरु गर्ने तयारी गरिएको छ । आगामी माघ अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रको काभ्रेको पनौतीका विभिन्न गाउँमा छायांकन गरिने छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको प्रोजेक्ट हेडमा प्रणव सुवेदी रहेका छन् । चलचित्रको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । कृषाले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ चलचित्र निर्माण गरेकी थिइन् ।

Leave a Reply