कोरोनाबाट प्रभावित चलचित्रको सूची निर्माता संघले बोर्डमा बुझायो(सूचीसहित)

कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायाङ्कन केही प्रतिशत मात्र सम्पन्न भएको छ। चलचित्र क्षेत्र ठप्प हुँदा अप्ठेरोमा परेका चलचित्र र अन्य क्षेत्रको अनुसन्धान चलचित्र विकास बोर्डले गरिरहेको छ । यसैबीच चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ । निर्माता संघले बुझाएको सूचीमा छायाङ्कनमा जाने तयारीमा रहेका, विकास बोर्डमा नाम मात्र दर्ता गरेर बसेका चलचित्रको पनि नाम उल्लेख गरिएको छ । यसैले, यो विषयमा विकास बोर्डले गम्भीर रुपमा छानबिन गरी वास्तविक प्रभावित चलचित्रका निर्मातालाई सहयोग गर्नुपर्ने देखिन्छ ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीसहितको टिमले तयार पारेको सुची यस्तो छ:
‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, घन चक्कर, मनको बाँध, हिरो रिटर्न्स, माया बस्छ कि के हो, झिँगे दाउ, उल्झन, पोखराकी काली, प्रेम गीत ३, सिमानामा काँडे तार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकाशे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षट्कोण, नालापानी, हेल्लो काशीराम, उफ यो मन, आरुषी, यो माया कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, सम्झना बिर्सना, सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एस्ट्रे, रेखा थापाको अन टाइटल प्रोजेक्ट, बद्री बहादुर, वडाध्यक्ष, चपली हाइट ३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै र हृदयभरि’

Leave a Reply