गौरव र नम्रताको ‘नम्बरी सुन’को छायांकन सुरु

राजु गिरीको निर्देशन तथा निर्माणमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरु भएको छ । शुक्रबार श्रीकाली चौरस्थित मन्दिरमा पुजाआजा गर्दै एक गीतबाट फिल्मको छायांकन सुरु गरिएको हो । गीत छायांकनका लागि ठूलो खर्चमा सेट तयार पारिएको छ । फिल्मका मुख्य अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा फिचरिङ हुने गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् ।

गौरव र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, बुद्धि तामाङ, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीको पनि अभिनय रहने चलचित्रका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । सात दशकअघिको ऐतिहासिक सामाजिक कथामा बन्न लागेको चलचित्रको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता र निर्माता नारायण खाती हुनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी रहनेछ ।

Leave a Reply