अनमोल र सुहानाको ‘ए मेरो हजुर–४’ अमेरिकामा प्रदर्शन हुने

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर–४’ आगामी शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । चलचित्र टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने छ ।

चलचित्रले अमेरिकास्थित टेक्सास सहरमा आगामी शुक्रबार, शनिबार र आइतबार ४–४ शो पाएको छ। एक साता यो चलचित्रको सिनेपोलिस हलमा १९ शो चल्ने भएको छ। अमेरिकाका हलमा नेपाली चलचित्रले नियमित शो पाउनु नेपाली चलचित्र क्षेत्रकै लागि उत्साहजनक कुरा हो ।

सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । गत बैशाख १ गते नेपालमा प्रदर्शन भएको चलचित्रमा अनमोल र सुहाना संगै सलोन बस्नेत,सुशान्त खत्रीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

चलचित्रको कथा निर्देशक झरना आफैले लेखेकी हुन् । पटकथा र संवादमा भने निर्देशक थापालाई स्व.निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

Leave a Reply