प्रिज्मा-प्रिन्सीसँग बलेको ‘यस्तो बनोस् मेरो तीज’मा नृत्य(भिडियो)

‘छ न त विदेशको पीआर छ…’ बोलको गीतबाट चर्चा कमाएकी गायिका अनिता चलाउनेले बुधबार आफ्नो नयाँ तीजको गीत सार्वजनिक गरेकी छन् । ‘यस्तो बनोस मेरो तीज’ बोलको गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा उदियमान गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको छ। यो गीतको भिडियोमा ‘ट्विनी गर्ल्स’ प्रिन्सी र प्रिज्मा खतिवडाको नृत्य हेर्न पाइन्छ । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन्। उनीहरुलाई हास्यकलाकार सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा सागर र ट्विनी गर्ल्सको जोडी निकै चलिरहेको छ। यस गीतमा शब्दहरु विपिन किरणको र संगीत दिपक शर्माको रहेको छ। गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ ।

Leave a Reply