पल र रेश्मा फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक सुगम पोखरेल र दुर्गा खरेलको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार भव्सागर एन्टरटेन्मेन्ट एल एल सिको अफिसियल युट्युब च्यानल मार्फत ‘डोली सजाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । विवाहको माहोलमा छायांकन गरिएको यो गीत रोमान्टिक शैलीको छ ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा संगीत भने अर्जुन पोखरेलको रहेको छ । शिव विकले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता पल शाह, टिक्टक फेम्ड रेश्मा घिमिरे र केशव सापकोटा फिचर्ड छन् । गीतको कोरियोग्राफी निर्देशक शिव विकले नै गरेका हुन् । म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।

Leave a Reply