कुशुमलाई ‘नझुक्काऊ‘ भन्दै युवराज चौलागाईँ

गायक युवराज चौलागाईँले नयाँ गीत ल्याएका छन् । ‘नझुक्काऊ’ बोलको गीतमा गीतकार दीपिका थापा रिमालको शब्द रहेको छ भने गीतमा गायक चौलागाईँ कै संगीत छ । शान थापाको निर्देशन रहेको म्यूजिक भिडियोमा गायक चौलागाईं सहित कुशुम शर्मा तथा विकाश लामिछानेले अभिनय गरेका छन् ।

गीतको म्यूजिक भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायांकन गरेको हो । मिलन विश्वकर्मा यो भिडियोका सम्पादक हुन् ।

Leave a Reply