राजकुमार र पत्रलेखाले गरे विवाह

बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखाले विवाह गरेका छन्। बलिउडको चर्चित जोडी मध्ये एक राजकुमार र पत्रलेखाले ११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । राजकुमार र पत्रलेखाले सोमबार चण्डीगढमा विवाह गरेका हुन् ।

यो जोडी लामो समयदेखि लिभ इन रिलेशनमा रहँदै आएका थिए । यो जोडीले सामाजिक संजालमा समेत एक–अर्काका लागि पोष्ट र एकअर्कासँग समय बिताएको तस्बिर सेयर गर्दै आएका छन् ।

विवाह समारोहपछि सोमबार नै उनीहरुले चण्डीगढमा रिसेप्सन पार्टी समेत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पत्रलेखाले बलिउडमा चलचित्र ‘सिटीलाइट’ बाट डेब्यू गरेकी थिइन्। उक्त चलचित्रमा राजकुमार राओसँग उनले अभिनय गरेकी थिइन्। त्यसबाहेक उनले लभ गेम्स, बदनाम गाली र नानुकी जानु लगायतका चलचित्रमा काम गरिसकेकी छन्।

राजकुमारले भने बलिउडमा ‘लभ, सेक्स और धोका’ बाट डेब्यू गरेका थिए। त्यसपछि उनले अभिनय गरेको चलचित्र ‘काय पोचे’ ले उनलाई दर्शकमाझ चिनायो । राओले काम गरेका धेरै चलचित्रहरुले राम्रो समिक्षा पाएका छन्। पछिल्लो पटक उनी प्रियंका चोपडाको ‘द ह्वाइट टाइगर’, जान्ह्वी कपूरसँग ‘रुही’ चलचित्रमा देखिएका थिए।

Leave a Reply