कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई फेरि कोरोना भाइरसको संक्रमण भएको छ । गजुरेल कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएका हुन् ।

आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’ उनले ओमिक्रोन पुष्टि भएर होम आइसोलेसनमा, अस्पतालमा तथा आईसीयुमा भर्ना भएका सबैलाई स्वास्थ्यलाभको कामना पनि गरेका छन् । यसअघि दोस्रो लहरमा पनि कोरोना संक्रमित भएका उनलार्ई केही दिनआइसीयुमा उपचार गरिएको थियो ।

Leave a Reply