कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण

निर्देशक तथा कलाकार अशोक शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । दशैं मनाएर जन्मथलो झापाबाट काठमाडौं फर्किने क्रममा सतर्कताका लागि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

 

सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट निर्देशक शर्माले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना देखिएको जानकारी गराएका छन् । उनले दशैंको समयमा आफ्नो सम्पर्कमा आएका परिवारका सदस्य, साथी-भाई, कार्यालयका कर्मचारीलाई कोरोना परीक्षण गर्न र सुरक्षित रहन आग्रह गरेका छन् । विना कुनै लक्षण परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ ।

Leave a Reply