निकिता अभिनित ‘रानी महल’को टिजर रिलिज

लकडाउनको बेलामा लामो समय अघिदेखि रोकिएको फिल्म ‘रानीमहल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । करिब २० प्रतिशत छायांकनपछि रोकिएको चलचित्र ‘रानी महल’को टिजर पनि रिलिज गरिएको छ ।सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरू पूर्वमिस नेपाल निकिता चांडक, प्रितम राज सेन्चुरी, साहिल श्रेष्ठ र मानस्वी खरेललाई देख्न सकिन्छ ।

यो चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारीमा थिइन् । तर, यो चलचित्रको छायांकन रोकिएपछि निकिताले चलचित्र ‘साङ्लो’मा काम गरिसकेकी छिन् । निर्माणपक्षले २० प्रतिशत छायांकन सकेको लामो समयपछि टिजर रिलिज गरेको हो ।

लक डाउनपछि चलचित्रको बाँकी छायांकन सकेर चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।विमल भुषालको निर्माणमा बनेको यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन, सम्राट महर्जनको सम्पादन, दीपक पौडेलको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी छ ।

Leave a Reply