काजल अग्रवालले गरिन् गौतम किचलुसंग बिहे

बलिउड तथा साउथकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शनिबार आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरेकी हुन् । उनीहरुले मुम्बइको एक होटलमा बिहे गरेका थिए । बिहेपछि काजल आफैले सामाजिक संजालमा बैबाहिक समारोहका तस्वीर शेयर गरिरहेकी छिन् । काजोलको मेहेन्दी कार्यक्रम बिहीबार आयोजना गरिएको थियो । कोभिड महामारीका कारण सीमित पारिवारिक जमघटका बीच काजल र गौतमको बिहे भएको हो ।

Leave a Reply