‘लप्पन छप्पन २’ को प्रचारका लागि बेल्जियमकी अभिनेत्री केरोलिन काठमाडौंमा

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पनछप्पन २’ मा अभिनय गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा अहिले काठमाडौंमा छिन् । उनी चलचित्रको प्रदर्शन र प्रिमियरको लागि नेपाल आएकी हुन् गत साता काठमाडौं आइपुगेकी उनी ‘लप्पनछप्पन २’को प्रचारप्रसारमा समेत व्यस्त छिन्।

२०१७ मा मिस ग्लोबल नेदरल्यान्ड विजेता कोलिन्डाले २०१९ मा इजिप्टमा आयोजित मिस इको इन्टरनेशनलमा मिस इको क्यारेबियन टाइटल समेत जित्न सफल भएकी थिइन् । मिस ग्रान्ड बेल्जियम र मिस टप मोडल बेल्जियन नेसनल निर्देशक समेत रहेकी कोलिन्डाले युरोपियन र हलिउड फिल्ममा समेत अभिनय गरेकी छन् । कोलिन्डाले अभिनय गरेको पहिलो नेपाली चलचित्र भने ‘लप्पन छप्पन २’ हो ।

एक्सन जनरामा निर्मित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् । मुकुन्द भट्टद्वारा निर्देशित यो चलचित्र गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply