युनिक पोइटको स्वरमा ‘षट्कोण’को ‘रहस्य’ गीत सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को ‘रहस्य’ बोलको गीत सार्वजनिक गरिएको छ । र्‍यापर युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा कर्माले एक आपराधिक घटनाको रिपोर्टिङमा लागेका पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटाका लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको चलचित्रलाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

Leave a Reply