‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलरमा आकाशप्रति पूजाको वान साइड लभ!

बहुचर्चित चलचित्र ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ ।

निमेष प्रधान लिखित तथा निर्देशित चलचित्रको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मज्दुरका समस्यालाई पनि ट्रेलरमा प्राथमीकता दिइएको छ । दार्जिलिङ,सिल्गुढी,सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको चलचित्रको ट्रेलरमा सबै प्रमुख कलाकारहरु-आकाश,पूजा,सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणालाई अटाइएको छ ।

चलचित्र प्रदर्शनको मिति नजिकीदै जादा निर्माण पक्षले प्रचारप्रशारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति,रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको चलचित्रका सार्वजनीक दुई गीत-‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तरालपछि पुनः यही चलचित्रमार्फत ठूलो पर्दामा संगै आउदैछ । त्यसकारण पनि यो चलचित्रप्रति दर्शक तथा चलचित्रकर्मीको अपेक्षा अधिक छ ।

Leave a Reply