‘रेड वाइन’ मा पल बाहिरिएपछि पुष्पको इन्ट्री

हाल अमेरिकामा रहेका निर्माता रमेश एम.के. पौडेलको निर्देशनमा बन्ने पक्का भएको ’चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् । अभिनेता पल शाह बाहिरिएपछि उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको छ । तीन दिन अगाडि पुष्पसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । पुष्प र साम्राज्ञीको जोडीलाई दर्शकले रुचाएका थिए । चलचित्रको सह–निर्मातामा भने निरु भण्डारी छिन् । आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठको छ । चलचित्रको छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको विचमा अमेरिकामा नै गरिने छ । चलचित्रमा ८८४८ मिडियाको पनि आवद्धता रहनेछ । चलचित्रका निर्देशक रमेश एम के पौडेलले निर्माण गरेको पछिल्लो चलचित्र ‘राज्जा रानी’ हो ।

Leave a Reply