कोरोनाले रोकिएको ‘परदेशी २’ को छायांकन पाल्पामा हुँदै

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको चलचित्र ‘परदेशी २’को छायाँकन गत बिहीवारदेखि पाल्पामा शुरु गरिएको हो । बिहीबारबाट पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ । बिहीबार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो । बिहीवार र शुक्रबार दुई दिन आफ्नो दृश्य सकेर दीलिप काठमाडौं फर्किसकेका छन् । चलचित्रका अभिनेता प्रकाश सपूत, प्रशान्त तामाङ्, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारहरु सुटिङका क्रममा पाल्पा पुगेका छन् ।

चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीको पनि शिर्ष भूमिका रहेको छ । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । ‘परदेशी २’ मा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइनेछ ।

Leave a Reply